थाहा पाउनुभयो ? बैशाख २६ गतेबाट देशभर गाडी नचल्ने, यस्तो छ कारण



यातायात व्यवसायीले वैशाख २६ गतेदेखि देशभर अनिश्चितकालीन यातायात बन्द गर्ने भएका छन् । सिन्डिकेट हटाउन सरकारले चालेको कदमको बिरोध गर्दै यातायात बन्द गर्ने यातायात व्यवसायीले निर्णय गरेका हुन् ।

सार्वजनिक यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग समेत व्यवसायीले गरेका छन् । सरकारले संशोधन गरेको सार्वजनिक यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको माग र सिण्डीकेट हटाउने सरकारको निर्णय विरुद्ध आन्दोलनका कार्यक्रम ल्याइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

महासंघले सांकेतिक रुपमा वैशाख २० गते सबै यातायातका साधन बन्द गर्ने छ भने २६ गतेसम्म भद्रगोल रुपमा सार्वजनिक यातायात सञ्चालन गर्ने रणनीति समते तय गरेको छ ।

सवारी छुटाउने तालिका बनाउँदा सिन्डिकेट लादेको आरोप सरकारले लगाएको महासंघको भनाइ छ । आफुहरुको आन्दोलनका कार्यक्रका कारण २० गतेबाटै सार्वजनिक यातायात सेवा प्रभावित हुने महासंघले चेतावनी दिएको छ ।

६ गते प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम महासंघले तय गरेको छ । त्यसपछि विरोधस्वरुप गाडीमा कालो झण्डा राखेर चलाउने १९ गते देशभरका यातायात कार्यालय घेराउ गर्ने योजना महासंघको छ ।

यति गर्दा पनि सरकारले आफ्नो मागको सुनुवाइ नगर सार्वजनिक यातायातका साधन ग्यारेजमै थन्काइने महासंघको चेतावनी छ । आफ्ना आन्दोलनका कार्यक्रबारे जानकारी दिन वैशाख ५ गते पत्रकार सम्मेलन गर्ने महासंघले आन्दोलनमा आन्दोलनमा ट्रक व्यवसायीदेखि ट्रिपर र ट्यांकर व्यवसायीको पनि साथ रहेको बताएको छ ।

यो आन्दोलनले यात्रु सेवा मात्रै नभएर माल सामान ढुवानी सेवा पनि अवरुद्ध हुने एक जना महासंघका सदस्यले जानकारी दिएका छन् ।

Comment