माधव नेपालले दिए केपी ओलीलाई कडा झड्का, एकलौटी गरेको भन्दै फुटाइदिए एमालेको भ्रातृ संगठन युवा संघ



काठमाडौं । युवा संघको नयाँ नेतृत्वको चर्चा चलिरहेका बेला नेता माधवकुमार नेपाल पक्षले युवा संघ विभाजनको निर्णय गरेको छ ।युवा संघलाई राजनीतिक संगठन भन्दा लुटीखाने भाँडो बनाएर चलाएको ठहर गर्दै नेपाल समुहले यसरी संगठन नचल्ने भन्दै आफ्नो प्यारालालग संगठन खडा गर्ने निर्णय गरेको हो ।

वसको दिउसो ४ बजे पत्रकार सम्मेलन गरेर औपचारिक घोषणा गरिने भएको छ । बालुवाटारमा एमाले–माओवादी एकताको बैठक जारी रहँदा बानेश्वरबाट एमाले युवा संघ विभाजनको निर्णयले एमाले भित्र हंगामा नै मच्चिएको छ ।

अध्यक्ष राजीव पहारी, पूर्व अध्यक्ष महेश बस्नेतलगायतको समूह बामपन्थी एकतादेखि विधि र नियम मिच्न उद्दत रहेको ठहर गर्दै समानान्तर कमिटि गठनको निर्णय भएको नेपाल पक्षले आरोप लगाएको छ । नेपाल समुहमा युवा संघबाट उपाध्यक्ष दिलु पन्त, सचिव शाही, क्रान्ति बुर्लाकोटीलगायत रहेका छन् । यसैबिच एमाले र माओवादी एकीकरणका विषयमा एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

Comment