हेर्नुहोस्, पछिल्लो समय यस्ता तस्वीका कारण चर्चित छिन् सनी लियोनी


बलिउड अभिनेत्री सनी लियोनीका तस्वीर अहिले भाईरल बनेका छन् । प्राय आफ्नो बोल्डनेसका कारण चर्चामा आइरहन्छिन् । तर पछिल्लो समय उनको बोल्डनेससँगे अन्य विषवस्तुका कारण पनि उनि चर्चामा छिन् । उनि अहिले केप टाउनमा छिन् र इन्स्टाग्राममा एक तस्विर पोस्ट गरेकी छिन् ।

सनीले पंहेलो बिकिनी लगाएको तस्बिर पोस्ट गर्दै लेखेकी छिन, ‘यो रंग लगाउने बारे कहिल्यै सोचेकी थिइन’ । सनीको यस तस्विरले सामाजिक सञ्जाल तताएको छ । सनी सामाजिक सञ्जालमा आफ्ना तस्बिरमार्फत् आफ्ना कामबारे जानकारी दिइरहेकी हुन्छिन् ।

केही दिनअघि सनीले श्रीमान डेनियल वीबरसँग आफ्नो विवाहको तस्बिर पोस्ट गरेकी थिइन । जसलाई धेरैले मन पराएका थिए । दुवैले विवाह गरेको सात बर्ष पुगिसकेको अवसरमा उनले यो तस्वीर सार्वजनिक गरेकी थिईन् ।

पछिल्लो बर्ष जुलाईमा सनी र उनका पतिले महाराष्ट्रको लातूरबाट निशा कौरलाई ‘एडप्ट’ गरेका थिए । यस्तै, पछिल्लो महिना मात्रै सनीले आफू जुम्ल्याहा बच्चाको आमा बनेको बताएकी छिन् ।

ति जुम्ल्याहा बच्चा पनि उनीहरुले ‘एडप’ गरेका हुन् । कामबाहेक हिजोआज सनी आफ्ना तीन बच्चाको साथमा समय बिताउँछिन् ।

Comment