सुन्दा पनि अचम्म, जहाँ १६ पटक सूर्योदय र सूयास्त देखिन गरी होटल बन्दै छ


न त कुनै स्विमिङ्ग पुल हुनेछ, त कुनै रेस्टुरेन्ट वा बार, तर पनि यसलाई एक होटलको नाम दिइएको खबरले एक अन्तरिक्ष स्टेसन हिजोआज चर्चामा छ । सन् २०२१ सम्ममा यस अन्तरिक्ष होटलको शुभारम्भ गरिने चर्चा पनि चलिरहेको छ ।

यस अन्तरिक्ष होटलमा तपाई जाुनभयो भने एकै दिनमा १६ पटक सूर्योदय र सूर्यास्त देख्न सक्नु हुनेछ, जबकि पृथ्वीमा रहँदा तपाईलाई एक दिनमा एक पटक मात्रै सूर्योदय र सूर्यास्त हेर्ने मौका हुन्छ । तपाईलाई जानकारी रहोस्, एक दिनमा यति धेरै सूर्योदय र सूर्यास्त हेर्न पाउने मौका यसकारण मिल्नेछ किनकि यस अन्तरिक्ष स्टेसनलाई पृथ्वीको ‘आर्बिट’ कक्षमा स्थापित गरिनेछ ।

यो अन्तरिक्ष स्टेशनले ९० मिनेटभित्रमा पृथ्वीलाई घुम्नेछ । यस अन्तरिक्ष होटलमा १२ दिन बसेको कुल खर्च ९.५ मिलियन डलर अर्थात् करिब ९९ करोड रुपैयाँ लाग्नेछ । मानिस अध्ययनका लागि जान सकून भन्ने उद्देश्यले यस अन्तरिक्ष होटल बनाइएको बताएको छ । यस होटललाई ‘अरोरा स्टेशन’ नाम दिइएको छ ।

अमेरिकाको स्टार्टअप ओरियन स्पेनले यस होटल निर्माणको घोषणा गरेको छ । होटलको निर्माण सुरु भइसकेको बताइएको छ । यस होटलमा जम्मा ६ व्यक्ति रहनेछन् जसमध्ये दुईजना स्टेसन नियन्त्रक हुनेछन् । यो अन्तरिक्ष स्टेसन पृथ्वीदेखि करिब ३२१ किलोमिटरको उचाईमा हुनेछ ।

यो ४३.५ फूट लामो र १४.१ फूट चौडा हुनेछ । होटलमा तपाईले २४ घण्टा जिरो ग्राभिटीको मजा लिन सक्नुहुन्छ र अन्तरिक्षमा भोजन उमार्ने जस्ता ठूला प्रयोगको हिस्सा पनि बन्न सक्नुहुनेछ एजेन्सीको सहयोगमा

Comment