पिसजोन एकेडेमीमा आँखा जाँच शिविर सम्पन्न



ओएस नेपाल, पोखरा, पुस १५ । पोखरा ८ सिमलचौरस्थित पिसजोन एकेडेमीले विद्यालयमा अध्ययरत विद्यार्थीहरुको लागि आँखा जाँच शिविरको आयोजना गरेको छ । उक्त अवसरमा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीहरुको आँखा जाँच गरिएको थियो ।

हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा संचालित उक्त शिविरमा डा.द्वय धर्मेन्द्र घोडासैनी र संगीता श्रेष्ठद्वारा विद्यार्थीहरुको आँखा जाँच गरिएको  थियो । दृष्टि क्षमतामा कमजोरी देखिएका विद्यार्थीहरुलाई चश्मा समेत उपलब्ध गराइने विद्यालयले जानकारी दिंदै शिविरमा सहयोग गर्ने हिमालय आँखा अस्पताल परिवारलाई धन्यवाद दिएको छ  ।

स्मरणरहोस्, विद्यालयले निरन्तररुपमा यस्ता कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

Comment