लागूऔषध गाँजा खेती नष्ट



फोटो : जिप्रका मकवानपुर
फोटो : जिप्रका मकवानपुर

ओएस नेपाल, हेटौँडा, १५ पौष । मकवानपुर जिल्लाको मध्य भागमा अवस्थित हेटौँडा–२७ ठूलो बसेनी र सानो बसेनीमा (साविक बसामाडी–६ र ७) इलाकाहरुमा लगाइएको गाँजा खेती प्रहरी टोलीले नष्ट गरेको छ ।
प्रहरीले तेस्रो चरणको अभियानअन्तर्गत लागूऔषध गाँजा खेती नष्ट गर्न तयार गरिएको कार्य योजनाअनुसार पौष १३ र १४ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक दिनेश पौडेलको कमाण्डमा ३० जनाको टोली खटिएको थियो ।
टोलीले हेटौँडा–२७ स्थित बाँसघारी, बाँसपानी, सानो बसेनी, ठूलो बसेनी, ज्यामिरे खोल्सा र झ्यारथुम भन्ने स्थानमा अवैध रूपमा लगाइएको १४ बिघा लागूऔषध गाँजा खेती नष्ट गरेको छ ।

Comment