हामीलाई पेल्न खोजे दुई सय सभासद संविधानसभा भित्रै मर्न तयार छौँ : बाबुराम भट्टराई



ओएस नेपाल, काठमाडौँ, २० पुस । पूर्व प्रधामन्त्री एवम् एकिकृत नेकपा माओवादीका नेता डा बाबुराम भट्टराईले नेपाली कांग्रेस र नेकपा एमालेले पेल्न खोजे दुई सय सभासद संविधानसभा भित्रै रगत बगाएर ज्यान आहुति दिन तयार हुने चेतावनी दिएका छन् ।

Baburam Bhattari

भट्टराई निवासमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै पूर्व प्रधामन्त्री समेत रहेका भट्टराईले पहिचान पक्षधरलाई बहुमतको आधारमा पेलिए दुई सय सभासदले संविधानसभा भित्रै ज्यान दिने चेतावनी दिएका हुन् । अन्तरक्रिया कार्यक्रममा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेका भट्टराईले भने ‘संविधानसभामा जर्वजस्ती पेल्न खोजिए, पहिचान पक्षधर करिब २ सय सभासद् संविधानसभा भित्रै मर्न तयार छौँ ।’

नेपाली कांग्रेस र नेकपा एमाले पहिचान विरोधी भएको र उनीहरुले बहुमतको आधारमा आफू मनलाग्दो संविधान ल्याउने प्रयास गरेमा संविधानसभा भित्रै रगतको खोलो बग्ने समेत चेतावनी दिए । भट्टराईले संविधानसभामा कसैले पेल्नु नहुने भन्दै भने ‘पहचिन विरोधी शक्तिले बहुमतको आडमा पहिचान पक्षधरलाई पेल्न खोजे र जर्वजस्ती मतदान गरे हामी संविधानसभामै मर्न तयार छौँ ।’

आइतवार दिउँसो ‘सामाजिक सञ्जाललाई प्रभावकारी प्रयोग कसरी गर्ने भन्ने विषयमा भइरहेको सभ्य छलफलमा बाबुराम भने आक्रमक रुपमा प्रस्तुत भए र हिंसा र ज्यान लिनेसम्मका धम्की दिदै थिए । छलफल समाजिक संजालमा सामाजिक तथा राजनितिक उत्तरदायित्व तर्फ मोडिनुको साटो भट्टराईले कांग्रेस र एमाले जातिवादी भएको आरोप लगाउँदै भने ‘वास्तवमा काग्रेस÷एमालेले ल्याएको संघीयताको प्रस्ताव चाहिँ जातिवादी छ ।’
भट्टराईले कांग्रेस र एमालेले ल्याउने प्रस्ताव चाँहि जातियतावादी भएको भन्दै भने ‘कांग्रेस र एमालेले ल्याएको प्रसताव खस÷आर्यहरुको बाहुल्यता हुन्छ । त्यो चाहिँ जातिय प्रस्ताव हो ।’

कांग्रेस र एमालेले आफूहरुले अघि सारेको संघीयताको मोडललाई जातियताको मोडल भन्नु राजनीतिक बेइमानी भएको आरोप लगाए ।

सामाजिक सञ्जालको प्रयोगका विषयमा हुने भनिएको छलफलको अधिकांश समय कांग्रेस र एमालेलाई गाली गर्दैमा बिताएका भट्टराईले सामाजिक सञ्जालमा पार्टीका बारे हुने टिका टिप्पणी र छलफललाई सकारात्मक ढंगले अगाडि बढाउनु पर्नेमा समेत जोड दिएका छन् ।
भट्टराई निवास सानेपामा भएको छलफलमा एकीकृत माओवादीका सचिव वर्षमान पुन, भट्राई पत्नी हिसिला यमी, एमाओवादी नेता एवम् अधिवक्ता खिमलाल देवकोटा लगायतका नेता सँगै एकीकृत माअ‍ोवादीका विद्यार्थी नेता सँगै युङ कम्युनिस्ट लिगका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

Comment