अर्थमन्त्री अस्पताल भर्ना चिकित्सक भन्छन् शल्यक्रिया गर्नुपर्छ



ramsaran-mahat_20140226094613ओएस नेपाल, काठमाडौँ, २२ पुस । स्वास्थ्यमा समस्या देखिएपछि अर्थमन्त्री डा रामशरण महत राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

सोमबार अपराह्न ५ः३० बजेदेखि अचानक पेट दुख्न थालेपछि महतलाई अस्पाताल भर्ना गरिएको हो । महतको उपचारमा संलग्न चिकित्सक टोलीका फिजिसियन डा मधु घिमिरेका अनुसार प्रारम्भिक परीक्षणका क्रममा डा महतको पित्तथैलीमा पत्थरी देखिएको छ ।

पत्थरीको शल्यक्रिया छ हप्तापछि गर्नुपर्ने सुझाव चिकित्सकहरुले दिएको महतका स्वकीय सचिव रमेश महतले जानकारी दिए । रासस

Comment