कोरियामा धमका मच्चाउदै छन् महजोडी लगायतका कलाकार



ओएस नेपाल, काठमाडौँ, २५ पुस । चर्चित हास्यकलाकार महजोडी फागुन महिनामा कोरियामा हुने एक विशेष संस्कृतिक कार्यक्रममा सहभागी हुने भएका छन् ।

कोरियाली नयाँ वर्ष सलनालमा कोरियामा गैर आवासीय नेपाली संघ कोरिया शाखाले आयोजना गर्ने सांस्कृतिक महामेलामा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सहितका नेपाली कलाकार कोरिया जाने भएका हुन् ।

mahajodi

यही फागनु ६ र ७ गते एनआरएन कोरियाले  आयोजना गर्न लागेको महामेलामा मदनकृष्ण, हरिवंश उक्त मेलामा नेपालबाट हास्यकलाकार विल्सनविक्रम राई, लोकगायक पशुपति शर्मा, पपगायिका आस्था राउत समेत उपस्थित हुने बताइएको छ ।

कोरियामा रहेको नेपाल हाउसको सञ्चालन उद्देश्यले कार्यक्रम हुन लागेको एनआरएन कोरियाका अध्यक्ष विनोद कुँवरले जानकारी दिए ।

Comment