अभिनेता प्रकाश राजको शल्यक्रिया सफल — OSNepal

अभिनेता प्रकाश राजको शल्यक्रिया सफल

LC (KTM) August 13, 2021 0

एजेन्सी- अभिनेता प्रकाश राजको हातको शल्यक्रिया सफल भएको छ । अगस्ट १० मा दुर्घटनामा पारेर हाता भाचिएका उनको हातको शल्यकृया सफल भएको हो ।  राजले आफ्ना साथी डा। गुरुवा रेड्डीसँग शल्यक्रिया गराएको बताइएको छ ।

बुधबार हैदराबादको एक प्राइभेट हस्पिटलमा उनको शल्यक्रिया भएको हो । प्रकाश राजले सामाजिक सञ्जालमा फोटो सेयर गर्दै आफ्नो हातको शल्यक्रिया भएको जानकारी दिएका हुन् ।

प्रकाशले फोटो सेयर गर्दै, ‘डेभिल इज ब्याक… शल्यक्रिया सफल । धन्यवाद प्रिय मित्र डा. गुरुवा रेड्डी’ भनेर क्याप्सन लेखेका छन् । उनले अस्पतालको बेडको फोटो सेयर गरेर जानकारी गराएका हुन् । प्रकाश राज बलिउड र साउथ फिल्म क्षेत्रका सुपरस्टार मानिन्छ । उनले फिल्ममा भिलेनको भुमिका निभाएर चर्चा कमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर