दिल्लीलाइ जिताएपछि सन्दिपको पहिलो बयानः हेर्नुहोस्, नेपाल सम्झदै उनले के भने ?



सन्दीप लामिछानेले सानदार प्रदर्शनको सहयोगमा आइपिएल क्रिकेटमा दिल्ली डेर डेभिल्स विजयी भएको छ । दिल्लीले चेन्नई सुपरकिंग्सलाई ३४ रनले पराजित गर्दै चौथो जित हात पारेको हो । दिल्लीलाइ १ सय २१ रनमै समेट्न सन्दीपले ४ ओभरमा १ विकेट हात पार्दै २१ रनमात्रै दिएका थिए ।

आफ्नो टोलीलाई जिताउन महत्वपूर्ण भुमिका खेलेपछी सन्दीपले जित पछि प्रतिकृया दिँदै उलने सबै खेलाडीको योगदानबाट जित सम्भव भएको बताएका छन् । ‘विकेट हल्का स्किडी (चिप्लो खालको) थियो ।’ उनले भने, ‘मैले आफ्नो उत्कृष्ट बल फाल्ने प्रयास गरेको हुँ।
उनले आफुलाई समर्थन गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् । उनी आफ्ना नेपाली समर्थकलाई जितको खुसीयाली साट्ने क्रममा सम्झेका थिए ।

आइपिएलमा सन्दिप लामिछानेले सनसनी मच्चाएका छन् । नेपाली क्रिकेटर युवा स्पिनर लामिछानेले आइपिएलमा सनसनी मच्चाएका हुन् । आइपिएल प्रतियोगिता अन्र्तगत आज भएको दोस्रो खेलमा सन्दिपले आफ्नो प्रर्दशन सुधारेका छन् । अघिल्लो खेल भन्दा आज भएको चेन्नर्इ सुपरकिंग्सविरुद्धको खेलमा उनले उत्कृष्ठ प्रर्दशन गरेका छन् ।

आज उनले विश्वकै पहिलो नम्वरमा गनिने खेलाडी विरुद्ध उत्कृष्ट बलिङ गरका छन् । ४ ओभर बलिङ गरेका सन्दीपले आज २१ रनमात्रै दिएका छन् । ४ ओभरमा २१ रन दिएका सन्दिपले आफ्नो खातामा १ विकेट थपेका छन् । उनले चेन्नइका सुरेश रैनाको विकेट लिएका हुन् । यसअघि बैंग्लोरविरुद्ध डेब्यू खेलमा सन्दीपले ४ ओभर खेल्दा २५ रन दिएका थिए । त्यो खेलमा सन्दिर पार्थिव पटेललाई आउट गरेका थिए ।

चेन्नइ सुपरकिंग्सविरुद्ध सन्दीपले आफ्नो तेस्रो ओभरमा विकेट हात पारे । तेस्रो ओभरको पहिलो बलमै उनले सुरेश रैनालाई मैदानबाट बाहिर पठाए । १५ रनमा खेलिरहेका सन्दीपले रैनालार्इ विजय शंकरको हातबाट क्याच गराउँदै सन्दिपले आफ्नो बर्चस्व कायम राखेका थिए ।

सन्दिपले आफ्नो चौथो ओभरमा ११ रन खर्चेका थिए । तेस्रो ओभरमा २ रन दिएका उनले सुरेश रैनालाई आउट गरेका थिए । उनले दोस्रो ओभरमा ६ रन खर्चेका थिए भने पहिलो ओभरमा मात्रै २ रन दिएका थिए ।

Comment