सन्दिप लामिछाने स्टाइलिस्ट प्लेयर घोषित हुँदै मञ्चमा पुरस्कार थाप्न चढ्दा नेपाली दर्शकहरुको मन हर्षले गदगद भयो



काठमाडौँ । आइपीएलमा चर्चित नेपाली खेलाडी सन्दिप लामिछानेले पाएको सफलताले अहिले नेपालीहरुको शिर ठाडो भएको छ ।
पहिलो पटक आपिएल खेल्ने खेलाडीका रुपमा रेकर्ड बनाएका सन्दिप आफ्नो कलात्मक बलिगंका कारण एकपछि अर्को रेकर्ड बनाउने जादुमयी खेलाडीका रुपमा दह्रिदै गएका छन् । पछिल्ला दुई खेल खेल्ने अवसर पाएका सन्दिपले दुबै खेलमा १ विकेट लिएर आफ्नो उत्कृष्ट क्षमता देखाएका छन् ।

दिल्ली डेयरडेभिल्सका बलर सन्दिपले शुक्रवार चेन्नाई सुपर किंग्स विरुद्धको खेलमा उत्कृष्ट वलिङ गर्दै सुरेश रैनालाई आउट गरिदिए भने धोनीलाई आच्छुआच्छु पारिदिएपछि अहिले उनको चर्चा विश्वभर छ । सन्दिपको टिम दिल्ली डेयरटेभिल्सले ट्विटरमा सन्दिपको गुनगान यति गायो की कमेन्टेटेरहरू पनि सन्दिपकै बखान गरिरहँदा नेपाली मनले हर्ष नमान्ने कुरै भएन ।

शुक्रबारको खेलमा सन्दिप चर्चाको केन्द्रमा रहे । उनी स्टाइलिस्ट प्लेयर घोषित हुँदै मञ्चमा पुरस्कार थाप्न पुग्दा नेपाली दर्शक मन हर्षले गदगद बन्यो । सन्दिपले आफ्नो चौथो ओभरमा ११ रन खर्चेका थिए । तेस्रो ओभरमा २ रन दिएका उनले सुरेश रैनालाई आउट गरेका थिए । उनले दोस्रो ओभरमा ६ रन खर्चेका थिए भने पहिलो ओभरमा मात्रै २ रन दिएर फेरी एक पटक आँफुलाई अब्बल सावित गरेका छन् ।

Comment