चर्चित अभिनेत्री मनिषाको सवारी दुर्घटनामा निधन


काठमाडौं । भोजपुरी फिल्मकी चर्चित अभिनेत्री मनिषा रायको सडक दुर्घटना निधन भएको छ । भारतको उत्तर प्रदेशको बलिया शहरमा भएको मोटरसाइकल दुर्घटनामा उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

फिल्म छायांकनका लागि मोटरसाइकलमा मनियार जाँदै गर्दा मनिषा चढेको टरसाइकललाई कारले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

शुक्रबार राति भएको सो दुर्घटनामा मनिषा सवार मोटरसाइकल चालक संजिव मिश्र भने गम्भीर घाइते भएका छन्।

Comment