ह्वात्तै बढ्यो सुनको भाउ, यस्तो छ बढेको मूल्य


काठमाडौं – साताको पहिलो दिन आज सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार ३०० रुपैयाँले बढेर आज छापावाला सुन तोलामा ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो कारोबारमा सुनको मूल्य ५८ हजार ४०० रुपैयाँ थियो ।

त्यस्तै तेजावी सुन भने प्रतितोला ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comment