गणतन्त्र दिवस भारतले एम्बुलेन्स प्रदान गर्ने



ओएस नेपाल, चितवन, १० माघ । २६ आंै जनवरीमा पर्ने भारतको ६६ औं गणतन्त्र दिवसको अवसरमा नेपाल भारत आर्थिक सहयोग कार्यक्रमअन्तर्गत भारतीय महावाणिज्य दूतावास वीरगञ्जले तराईका जिल्लामा दुईवटा एम्बुलेन्स र एक वटा बस प्रदान गर्ने जनाएको छ ।
दूतावासद्वारा शनिबार जारी गरको विज्ञप्तिमा एम्बुलेन्स प्राप्त गर्ने संस्थाहरुमा नेपाल शिक्षक संघ धनुषा, ग्रामीण अनुसन्धान र विकास संस्था हरिपुर्वा सर्लाही छन् भने बस प्राप्त गर्ने संस्थामा उम्मे कुल्सम बालिका कन्या कलेज पर्सा रहेकोे छ । दूतावासले आफ्नो प्राङ्गणमा माघ १२ गते गणतन्त्र दिवसको अवसरमा ध्वजारोहण समारोह र सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने समेत जनाएको छ ।
भारत नेपालको विकास र आर्थिक उन्नतिको महत्वलाई आत्मसात गर्दै सम्पूर्ण सहयोग प्रदान गर्न प्रतिबद्ध रहेको बताइएको छ । आर्थिक सहयोग कार्यक्रम अन्तर्गत सञ्चालन हुने परियोजना नेपालका सबै जिल्लालाई समेट्ने गरी शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासमा ४८५ भन्दा धेरै परियोजनाहरुको लागत ६५०० करोड नेपाली रूपैयाँ रहेको छ ।

Comment