श्रीदेवीको परिवार पुरै तहसनहसः निधनको पाँच महिनापछि पति बोनीले खोले रहस्य



बलीउड अभिनेत्री श्रीदेवीको निधनपछि उनका पति बोनी कपुर पहिलो पटक मिडियामा आएका छन् । उनले सञ्चार माध्यममा अन्तरवार्ता दिँदै श्रीदेवीको मृत्युपछि आफुहरुको जीवन अबरुद्ध भएको बताएका छन् । यही वर्षको २४ फेब्रुअरीमा उनको निधन भएको थियो । श्रीदेवीको निधन भएपछि उनको परिवार शोकमा डुबेको छ ।

शोकमा डुबेको परिवार अझै पनि तङग्रीन सकेको छैन । श्रीदेवीका पति बोनीले उनको निधनपछि आफुहरुको दैनिकी पुरै रोकिएको बताएका छन् । ‘श्रीदेवी गएपछि मेरो काँधमा जिम्मेवारी थपिएको छ’ उनले अन्तरवर्तामा भनेका छन्, ‘दुइ छोरीको जिम्मेवारी मेरो काँधमा छ ।’ जाह्नवी र खुशी उनका दुई छोरी हुन् ।

दुइ छोरीको लागि आफुले आमा बाबु दुबैको जिम्मेवारी निभाउने कोशीस गरीरहेको उनको भनाइ छ । ‘उनी अचानक यी दुनियाँबाट गइन्’ उनले भने,‘उनी गएपछि मेरो जीवन निकै कष्टकर बनेको छ ।’ बोनीले श्रीदेवी गएपछि आफ्नो जीवनै अवरुद्ध भएको बताएका छन् ।
श्रीदेवी र आफुले एकअर्कालाई धेरै कुरा बताउनु बाँकी रहेकै बेलमा उनले आफुलाइ छोडेर गएको बताएका छन् ।

जीवनलाइ लयमा फर्काउन आफुले कोशिस गरिहेको उनको भनाइ छ । ‘जीवनमा धेरै गर्न बाँकी छ’ उनले भने, ‘जुन अहिले पुरै अवरुद्ध भएका छन् ।’ आफ्नो श्रीमती श्रीदेवीले छोडेर गएको अझै पनि उनलाई पत्याउने गाह्रो भइरहेको छ । श्रीदेवीको अन्तिम चलचित्र ‘जिरो’ यहि बर्ष प्रर्दशनमा आउने तयारीमा छ । चलचित्रमा शाहरुख खान, कैटरीना कैफ और अनुष्का शर्माले अभिनय गरेका छन् । दैनिक भास्करबाट अनुवादित

Comment