शौच गर्दा गर्दै ट्याक्टरले चालकको ज्यान लियो



tekrae (2)ओएस नेपाल, विराटनगर, ११ माघ । ताप्लेजुङमा रोकिएको ट्याक्टर अचानक गुड्दा चालकको मृत्यु भएको छ ।

निगरादिन–५ मा शनिबार राति ११ः४० बजे सोही ट्याक्टरका चालक झापा धाइनज–६ का २३ वर्षीय लोकनाथ दर्जीको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

ट्याक्टर रोकेर शौच गर्न लागेको बेला अचानक गुडेको सो ट्याक्टरको डालाले टाउकामा गम्भीर चोट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको हो । को२प १३०३ नंको सो ट्याक्टरले सङ्क्रान्तिबाट ताप्लेजुङको हाङ्पाङतर्फ सामान लग्दै गरेको थियो । रासस

Comment