चारजना चढेको एउटै मोटरसाइकललाई बसले ठोक्यो : दुईको मृत्यु, दुई गम्भीर


तनहुँ – शनिबार पृथ्वी राजमार्गको तनहुँ खण्ड अन्तर्गत व्यास नगरपालिका १२ मा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।दुर्घटनामा परि मृत्यु हुनेमा पर्सा सुगौलीका राज राय र धिरज चौधरी रहेका छन् ।

सोही ठाउँका ठाउँका सञ्जय चौधरी र भोला चौधरी घाइते भएका छन्। घाइतेहरूको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको प्हरीले जनाएको छ ।प्रहरीका अनुसार एउटै मोटरसाइकलमा चार जना सवार रहेका थिए ।
पोखराबाट काकडभिट्टा जाँदै गरेको ना ५ ख ३०८२ नम्बरको बससँग डुम्रेबाट दमौली तर्फआउँदै गरेको ना ५५ प १५९४ नम्बरको मोटरसाइकल व्यास नगरपालिका १२ कमलबारी र देउराली बीचको मोडमा एक आपसमा ठोक्किएको थियो ।

Comment