गायक परियार यसरी दुर्घटनामा परे , खतरामूक्त रहेको संकेत



एच.बी ताम्राकार , जापान । चर्चित गायक शिव परियार अहिले खतरामुक्त छन । सामाखुशि बसुन्धरा रुटमा रहेको हुन्डाई सर्भिस सेन्टरमा आफ्नो Hundai Ba 16 pa 3055 नम्बरको Hundai I20 कार हेर्न जाने क्रममा आफुसंग रहेको बा 80 प 9998 नम्बरको 250cc CBR बाईक दाँया मोड्ने क्रममा दुर्घटनामा परेका छन ।

अत्यधिक अनियन्त्रित गतिमा गलत रुट प्रयोग गरि पछाडीबाट आएको बा 78 प 8511 नम्बरको एफ जेड बाइकले एकोहोरो ठक्कर दिंदा दाहिने खुट्टामा अत्यधिक चोट लागेका कारण अहिले ग्रांडी अस्पतालमा परियारको उपचार भइरहेको छ । 

उनि संगै अर्का गायक कर्णराज गिरी सामान्य उपचार पछि घर फर्किने तयारीमा छन भने अर्थोका डक्टर बिनोद बिजुक्क्ष्यले राम्रो उपचार गरि रहनु भएको कुरा सामाजिक संञ्जाल मार्फत परियारले जानकारी दिएका हुन ।

उनले सवैलाई जानकारी गराउदै भने , ‘अहिले खतरा मुक्त छु !मेरो स्वास्थ्यको लागि प्रार्थना गर्नु हुने सम्पूर्ण महानुभावहरुमा यो गायक हार्दिक धन्यवाद ब्यक्त गर्दछु !’

Comment