घाइते शिव परियारले हस्पिटलबाटै भने– बचाउ बचाउ भन्दा पनि धेरैले हेरिरहे (भिडियो कुराकानी सहित)


काठमाडौं । चर्चित गायक शिव परियार मोटलसाइकल दुर्घटनाबाट घाइते भएसँगै अहिले ग्राण्डी अस्पतालमा उपचार गराइरहेका छन् । तीनदिन अघि सामाखुशी बसुन्धारमा रहेको हुन्डाई सर्भिस सेन्टरमा आफ्नो कार हेर्न जाने क्रममा बा ८० प ९९९८ नम्बरको बाइकमा सवार उनलाई अनियन्त्रित गतिमा गलत रुट प्रयोग गरि पछाडिबाट आएको बा ७८ प ८५११ नम्बरको एफ.जेड बाइकले ठक्कर दिएको दिदा सो दुर्घटना भएको हो । दाहिने खुट्टामा गहिरो चोट लागेपछि अहिले उनको ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ ।

दुर्घटनाको कारण
अर्को मोटरसाइकल अत्यधिक गतीमा आएकै कारण दुर्घटना हुन पुगेको उनले बताएका छन् । साथै उनले दुर्घटना भइसकेपछि बचाउनुस भनेर धेरैलाई आग्रह गर्दा अधिकांशले फोटो र भिडियो खिचेको भन्दै दुख समेत ब्यक्त गरे । धेरैपटक आग्रह गर्दा केहि ब्यक्तिले शिव परियार भनेर चिनेपछि हस्पिटलसम्म पुर्याइदिएको उनले बताए । अहिले उनी खतरा मुक्त रहेका छन् ।

Comment