बालिका बलात्कार गर्ने सूर्यबहादुरलाई ७ वर्ष जेल सजाय


तेह्रथुम । जिल्ला अदालत तेह्रथुमले बालिका बलात्कार गर्ने एक पुरुषलाई सात वर्षको जेल सजायको फैसला सुनाएको छ ।

अदालतले १५ वर्षीया बालिकालाई बलात्कार गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई उक्त सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले छथर गाउँपालिका–२, स्थायी ठेगाना भई लालीगुराँस नगरपालिका–२ मा बस्ने ४४ वर्षीय सूर्यबहादुर तोलाङ्गी सार्कीलाई जबरजस्ती करणी र हाडनाता करणी अपराधमा सात वर्ष कैद र ९० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको हो ।

उनलाई जबरजस्ती करणी अपराधमा ६ वर्ष कैद र हाडनाता करणीमा थप १ वर्ष कैद गरी जम्मा ७ वर्ष कैद र ९० हजार रुपैयाँ क्षतिपूर्ति तोकेको हो ।

नातेदार १५ वर्षीया बालिकालाई पटक–पटक बलात्कार गरेको भन्ने उजुरीका आधारमा सार्की गएको वर्ष जेठमा पक्राउ गरिएको थियो ।

Comment