स्वःटंकादेवी– तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट श्रेष्ठ सम्मानित



dipendra shrestha_sammanitओएस नेपाल, पोखरा, १७ माघ । पत्रकार एवं रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठ टंकादेवी—तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार २०७१ वाट सम्मानित भएका छन् ।

पोखराको प्रस्याङ्ग निवासी कोइराला परिवारद्धारा आफ्ना स्वर्गिय माता पिताको स्मृतिमा स्थापित तथा मेचीमहाकाली मिडिया सोसाईटी नेपालद्धारा संचालित उक्त पुरष्कारबाट सम्मान गरिएको हो । पुरष्कारको राशी नगद २० हजार १ र सम्मान पत्र रहेको छ । श्रेष्ठलाई आज एक कार्यक्रमका विच शिक्षा विद् जर्जजोन, क्षेत्रीय प्रशासक दिनेशकुमार थपलिया लगायतले सम्मान गरेका थिए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिकोले स्वतन्त्र, मर्यादित र निर्भिक पत्रकारितामा संलग्न रही जनतालाई सुसुचित वनाउने कार्यमा कटिवद्ध रहेको भन्दै श्रेष्ठलाई छनौट गरेको थियो ।श्रेष्ठ पोखराको रेडियो अन्नपुर्णमा विगत १३ वर्षदेखि कार्यरत छन ।

पत्रकारितालाई आफ्नो मुख्य पेशा वनाउँदै लामो समयदेखि पत्रकारितामा संलग्न संचारकर्मीहरु मध्येवाट प्रत्येक वर्ष १ जनालाई पुरस्कृत गर्ने गरिएको छ ।यसअघि उक्त पुरस्कारवाट स्व। उमादेवी, रामकृष्ण ज्ञवाली, रीता गुरुङ्ग, इश्वरी न्यौपाने र गणेश पाण्डे सम्मानित भै सकेका छन् ।

Comment