देउडा गायिका चाँदनी मल्ल “बिष्ट” हुडक्यौली गीतमा अवार्ड जित्न सफल



एच.बी ताम्राकार , जापान ।  नेपालकै पहिलो समाबेशी नेशनल पावर न्युज अवार्ड 2018 समारोह सभ्य अनि भब्यताका साथ नाचघर जमलमा सम्पन्न भएको छ।उक्त अवार्ड कार्यक्रममा  सुदरपश्चिमकी छोरी तथा गायिका चाँदनी मल्ल सम्मानित भएकी हुन । उनले सर्वोत्कृष्ट डेउडा हुडक्यौली गीतमा अवार्ड हात पार्न सफल भएकी छन् । 

चादनी मल्लले सामाजिक संञ्जाल मार्फत खुसी व्यक्त गर्दै भनिन् , ‘ आयोजक ,निर्णायक ज्यु अनि सम्पूर्ण दर्शक,श्रोता ज्युहरुलाइ हार्दिक धन्यवाद । आजको यस् समारोहमा सर्वोत्कृस्ट डेउडा हुडक्यौली गीतमा अवार्ड जित्न सफल भाकी छु हाम्रा गित मनपराउनु हुने र हामीलाई माया गर्नुहुने समस्त ब्यक्तित्वहरुलाइ धन्यवाद र यो अवार्ड सम्पूर्ण डेउडा प्रेमी र मेरा शुभचिन्तकहरुलाई समर्पित गर्न चाहन्छु ।’ 

नेपाली मौलिक सृजनाको जगेर्नामा निरन्तर लागिपरिरहेका पछिल्लो पुस्तका चर्चीत देउडा  गायिका /नायिका तथा संचारकर्मी चाँदनी  मल्ल “बिष्ट” अहिले निकै व्यस्त छन ।

सुदुर तथा मध्यपश्चिमको सस्कृतिलाई उत्थान गर्न लागि परेका छन ।“देउडा गीत हाम्रो मौलिक सांस्कृतिक धरोहर हो, यसको जगेर्ना हुनुपर्छ,” उनी भन्छिन्, “हिजोआज आधुनिकताको नाममा हामी देउडा गीत गायनको मूल मर्म नै बिर्सिएर अगाडि बढेका छौं ।

Comment
error: Content is protected !!