सिमसार दिवसमा पोखरामा फोटो प्रर्दशनी



ओएस नेपाल, पोखरा, २० माघ । पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाले पोखरा र आसपासको सिमसार क्षेत्रलाई सुचिकृत गर्ने काम अगाडी बढाउने बताएका छन् । विश्व सिमसार दिवसको अवसरमा पोखरामा एनिमल राईट्स नेपालले आयोजना गरेको फोटो प्रर्दशनी कार्यक्रमको उद्घाटन गर्दै थपलियाले सिमसारको संरक्षणका लागी सुचिकृत गर्न आवश्यक रहेको बताए । उनले सिमसार जग्गा व्यक्तिको भए पनि त्यसलाई सिमसार कै रुपमा राख्नु पर्ने बताए ।
photo exibution
उनले पोखरामा र आसपासमा भु उपयोग आयोजनाको काम भै रहेको र त्यही बेला सिमसार क्षेत्र सुचिकृत गर्ने थपलियाको भनाई थियो । सिमसारमा सुचिकृृत नहुदा संरक्षण गर्न कानुनि रुपमा अफ्टेरो परेको बताए । उनले फेवाताल संरक्षणका लागी कुनै पनि कुसुर बाकी नराख्ने बताए । उनले फेवाताल किनारमा धमाधम निमार्ण भैरहेका घर टहरा बनाउन रोक लगाएको बताउदै कसैले अटेर गरे कडाकार्वाही गर्ने बताए ।

कार्यक्रममा ८६ वर्षिय खगेश्वरी पहारीले पहेली फेवाताल कै पानी पिउने गरेको बताउदै पछिल्लो समयमा फेवाताल प्रदुषण भएकोमा चिन्ता व्यक्त गरिन् । कार्यक्रममा पोखरा उपमहानगर पालिका फेवाताल संरक्षण कार्यालयका प्रमुख महेन्द्र गौदारले फेवाताल र सिमसार क्षेत्रको संरक्षणका लागी ९ बुदे योजना अगाडी सारेको बताए । उनले योजना कार्यान्यन गर्न सुरक्षाको सहयोग आवश्यक परेको बताए । एनिमल राईट्स नेपालका अध्यक्ष कृष्णमणि बराल, संस्थाका सदस्य हेमन्त ढकाल, सागर राज तिमिल्सिना लगायतले सिमसारको महत्वको बारेमा प्रकास पारेका थिए ।

पोखराको फेवातला किनार बाराही घाट स्थित फुटपाथमा फोटो प्रर्दशनी भएको थियो । हाम्रो भविश्यका लागि सिमसार भन्ने नाराको साथ मनाइने कार्यक्रममा फोटो पत्रकार कृष्णमणि बरालले बिभिन्न समयमा खिचेका पोखरा उपत्यकाका ९ ताल र सिमसार क्षेत्रको अवस्था र संरक्षणको उपाए समेटीएका तस्विरको प्रदर्शनी गरिएको थियो ।

कार्यक्रममा फेवाताल, बेगनास ताल, रुपा ताल, दिपाङ्, न्यूरिनी, खाष्टे, मैदी, कमल, न्यूरिनी, गुदे तालको अवस्था त्यहाँ पाइन बिभिन्न प्रजातीका चराचुरुङगीका तस्विरहरु राखीएका थिए । तस्विरहरु हेर्न विभिन्न विद्यालयका विद्यार्थी, पर्यटकहरु र अन्य व्यक्तीहरु आएका थिए । संरक्षणको अभावमा पोखराका ताल र सिमसार क्षेत्र संकटमा पर्दे गएकोले संम्वन्धीत निकायलाई संरक्षणका लागि घच्घच्याउन र स्थानीयलाई जनचेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका सदस्य हेमन्त ढकालले बताए ।

फ्रेव्रोवरी महिनाको दुई तारिखमा विश्वभर सिमसार दिवस मनाइन्छ । विश्वमा मानवीय कारणले र तापक्रमको बृद्धिका कारण पनि तालतलैयाँ सिमसार क्षेत्र सुक्दै गएका छन् । मानव, जिवजन्तु सबैकालागि अति आवश्यक पानीको प्रमुख स्रोत सिमसार, तालतलैया यही गतीमा सुक्दै गएमा भविश्यमा मानव, जिवजन्तु र जलचरको भविश्य संकटमा पर्ने भएकोले यस बर्ष हाम्रो भविश्यका लागि सिमसार भन्ने नाराका साथ विश्व भर सिमसार दिवस मनाएको हो । बिभिन्न अध्ययन अनुसार नेपालमा दुई सय ४२ वटा सिमसार पाइएका छन् । ती मध्ये पश्चिमाञ्चल क्षेत्रमा मात्र ५० सिमसार रहेका छन् । नेपालमा पानीले जम्मा क्षेत्रफलको पाँच दशमलव शून्य ६ प्रतिशत भाग अर्थात ७ लाख ४३ हजार ५ सय ६३ हेक्टर क्षेत्र ओगटेको छ । यसमा नदी, जलाशय, पोखरी खेत, दलदल लगाएत क्षेत्र समावेश छन् ।

Comment