‘लिङ्ग’ देखाएर महिलालाई यौनसम्पर्क गर्न बाध्य !



रामसुन्दर आचार्य, काभ्रे, माघ २२ – पछिल्लो समय यौनसम्पर्कमा बढ्दो विकृतिले समाजमा अपराधिक क्रियाकलाप बढ्दै गएका छन् ।

नेपालकै काभ्रे जिल्ला युवाहरुले त महिलालाई ‘लिङ्ग’ देखाएर यौनसम्पर्क गर्न बाध्य पारेका छन् । महिलाहरुलाई एक्लै देख्यो की युवाहरुले लुगा खोलेर आफ्ना सम्वेदनशिल अंग ‘लिङ्ग’ देखाएर पहिले जिस्क्याउने र पछि महिलालाई यौन सम्पर्क गर्न बाध्य पार्ने गरेको महिलाहरुले बताएका छन् ।

काभ्रेकी एक महिला त आफूलाई लिङ्ग देखाएर जिस्क्याएको भन्दै प्रहरी चौकी नै पुगिन । जिल्ला प्रहरी कार्यालय काभ्रेले महिलालाई सामुहिक रुपमा ‘लिङ्ग’ देखाउने ती युवकलाई पक्राउ गरेर सार्वनिक मुद्दा चलाएको छ ।

एसएलसीको तयारी गर्न कोचिङ कक्षा सकेर घर फर्किदै गर्दा तीन युवतीलाई सामुहिक पिसाब गर्दै सार्वजनिक रुपमा ‘लिङ्ग’ देखाउने युवाहरुलाई प्रहरीले मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

खनालथोक गाविस २ का २५ वर्षीय सुदिप केसी, २३ वर्षीय आत्माराम तिवारी र २२ वर्षीय कृष्ण न्यौपाने विरुद्ध सार्वजनिक ऐन २०२७ अन्तर्गत प्रहरीले मुद्दा चलाएको हो ।

एसएलसीको तयारीमा जुटेका युवतीलाई जिल्लाको भकुण्डे स्थित नौविसेमा कोचिङ कक्षा सकेर घर फकर्दै गर्दा पिसाब गर्दै जिस्काएर दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।

स्थानियका अनुसार ती युवाहरुले पिसाब गर्दै महिलाहरुलाई जिस्काएर साझको समयमा दुव्र्यवहार गर्दै आएका छन् ।

Comment