अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला–२०१५ सुरु



ओएस नेपाल, (रोल्पा) २३ माघ – यहाँ आजदेखि अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला–२०१५ सुरु भएको छ ।

एकीकृत नेकपा (माओवादी)का महासचिव कृष्णबहादुर महराले कार्यशालाको उद्घाटन गरे । कार्यशालामा निर्देशक लक्ष्मीनाथ शर्मा, देवकुमार श्रेष्ठ, ओम प्रतीक, दुर्गा नेम्वाङ, सुसन प्रजापतिलगायत सहभागी थीए ।

अखिल नेपाल चलचित्रकर्मी सङ्घको आयोजनामा सुरु भएको कार्यशाला नौ दिनसम्म जारी रहनेछ । सो अवधिमा जिल्लाका विभिन्न धार्मिक, ऐतिहासिक महत्व बोकेका क्षेत्रमा पुगी यहाँकै वास्तविक धरातलमा आधारित कथावस्तुमा चलचित्र निर्माण गरिने अखिलसङ्घका अध्यक्ष केपी पाठकले बताए । रासस

Comment