बार्षिकोत्सवमा अभिभावकको स्वास्थ्य परीक्षण



free health checkup pro1ओएस नेपाल, पोखरा, २४ माघ ।  सिद्धि विनायक आवासीय मावि जुटपानी–६ खोलेसिमलको २० औं वार्षिकोत्सवको अवसरमा आज निशुल्क स्वास्थ्य शिविर एवम् खेलकुद कार्यक्रम भएको छ । विद्यालयका अभिभावकहरुलाई नारायणी सामुदायिक अस्पतालको सहयोगमा स्वास्थ्य परीक्षण र निशुल्क औषधि वितरण समेत गरिएको थियो । free health checkup pro

शिविरमा १९० जनाको मधुमेह,उच्च रक्तचाप,हाडजोर्नी,नसा लगायतका रोगको स्वास्थ्य परीक्षण गरिएको विद्यालयका प्राचार्य विष्णुमणि लामिछानेले जानकारी दिए । शिविरमा बरिष्ठ फिजिसिएन डा.राजु बस्नेत,डा.महेन्द्र अग्रहरी र डा.विजय गुप्ताले विरामीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।

त्यसैगरी वार्षिकोत्सवको अवसरमा अभिभावकहरु बीच घैटो फुटाई,म्युजिकल चियर लगायतका खेलकुदहरु गरिएको थियो भने सप्ताहव्यापी कार्यक्रममा उत्कृष्ट विद्यार्थी एवम् अभिभावकलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्राचार्य विष्णुमणि लामिछाने, विद्यालयका निर्देशक लिला बहादुर गुरुङ,सहायक प्राचार्य सागर थापामगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Comment