आहा रारा गोल्ड कपको सेमिफाइनलमा पुलिस



ओएस नेपाल, पोखरा, २५ माघ । आयोजक सहारा क्लबलाई टाइब्रेकरमा पराजित गदै १३ औ संस्करणको आहा रारा गोल्ड कपमा बलियो दावेदारीका रुपमा प्रस्तुत भएको राष्ट्रिय लिगको नवप्रवेशी नव जनजागृति युवा क्लब सिमरा नेपाल पुलिसंग १—० ले स्तब्ध बनेको हो ।जनजगृतिले माघ २० गते आयोजक सहारालाई पराजित गदै क्वाटरफाइनल खेलेको हो भने पुलिस सिधै वाइ पाएर खेलेको हो ।

नेपाल पुलिस क्लबले पोखरेली मैदानमा क्याराभान गोल्ड कप सहित पाँच पटक उपाधि उचालि सकेको छ भने जनजागृति पहिलो पटक सहभागी भएको हो । पुलिसले क्याराभान गोल्ड कप र आहाको प्रथम, छैठौ, सातौ र आठौ संस्करणको उपाधि जिति सकेको छ । पुलिसलाई अन्तिम चारमा पुयाउन भरत शाह नायक बन्नुभयो । उहाँले गरेको एक मात्र गोल पुलिसलाई सेमिफाइनल प्रवेशका लागी पयाप्त बन्यो । पहिलो सहभागीतमा उत्कृष्ट खेल प्रर्दशन गदै पोखरेली दर्शकको मन जित्न सफल नवजनजागृतिले आफना समर्थकलाई खुशी दिन सकेन् ।

नवप्रवेशी क्लब जनजागृतिसंगको खेलमा गोलको खडेरी तोडन ७४ औ मिनेट पर्खनु पयो । ७४ औ मिनेटमा मैदानको मध्य भागबाट भरत शाहले भोला शिवाललाई दिएको पास नव जनजागृतिका खेलालडी सौरभ मगरले हेड मार्फत बाबुर मगरलाई दिएको बल नियन्त्रण गर्न नसक्दा जालीको सम्पर्कमा पुगेपछि पुलिसले उपहार स्वरुप पाएको गोल नै खेलका लागी निर्णाक बन्यो ।

Comment