फेरी निर्वस्त्र भईन हलिउड अभिनेत्री जेनिफर



ओएस नेपाल, काठमाडौ, माघ २५ – गएको अगस्ट महिनामा आफ्नो आइफोनमा रहेका केही निर्वस्त्र तस्बिरहरू एकाएक इन्टरनेटमा छ्यापछ्याप्ति भेटिए पछि  हलिउड  अभिनेत्री जेनिफर लरेन्सलाई अप्रत्यासित झट्का लाग्यो। । त्यसै त स्वच्छ छविका रूपमा चिनिएकी जेनिफरलाई अनाहकमा आएका यी तस्बिरले ठूलै तनाव दिए।

Janifer Loranceओस्कार विजेता अभिनेत्री चुप लागेर बसिनन् र हयाकरविरुद्ध गोपनीयताको हक हनन् गरेको आरोपमा कानुनी उपचारमा लागिन्।  जेनिफरले यो घटना स्क्यान्डल नभई यौन अपराधका रूपमा लिइदिन गुप्तरचर विभागलाई आग्रह गरेकी थिइन्। समयमै सचेत भएकाले घटनाले उग्ररूप लिन पाएन। इन्टरनेटका सबै तस्बिरहरू हटाइए।

तर यति बेला भने जेनिफर स्वयंले न्युड फोटो सुट गराएकी छन्। आगामी मार्च अंकको भ्यानिटी फेयर म्यागाजिनका लागि जेनिफर पूर्ण नग्न भएर फोटो सुट गराउन राजी भएकी हुन्।

फोटो सुटमा नग्न जेनिफरका गोप्य अंगलाई सर्पको सहाराले छोपिएको छ। उक्त तस्बिरलाई स्वयं जेनिफरले आफ्नो इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी हुन्।

पहिले न्युड फोटोले जेनिफरलाई लागेको झट्का यति बेलाको फोटो सुटले भने उनका फ्यानलाई लागेको छ। जेनिफरको यस्तो आक्रामक कदमलाई म्यागाजिनकी फेसनरस्टाइल निर्देशक जेसिका डेहलले भनेकी छन्,’ जेनिफर भनेको तागत, यौनिक र भावको संयोजन हुन्।’

फोटो सुटका बेला भने जेनिफरले सुरुआतमा असहज महसुस गरेको म्यागाजिन स्रोत बताउँछ। तर उनी असहज नग्न हुनुमा नभई आफ्नो शरीरमा सर्प चलमलाउँदै घाँटीमा बेरिन थालेपछि उनले असहजता महसुस गरेकी थिइन्।

म्यागाजिनले आगामी वाषिर्क अंकमा हलिउड विशेष सामग्री छाप्न लागेपछि जेनिफरले त्यसका लागि फोटो सुट गराएकी हुन्।-एजेन्सी 

Comment