नवलपरासी दुर्घटनामा दुई जनाको मृत्यु



ओएस नेपाल, चितवन, २६ माघ । माडीमा शनिबार राति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । माडी बसन्तपुरबाट कल्याणपुरतर्फ गइरहेको ना ४ त १२०५ नम्बरको ट्याक्टर र विपरीत दिसाबाट जाँदै गरेको ना १२ प ८११४ नम्बरको मोटरसाइकल ठक्कर खाँदा माडी ३ निवासी २० वर्षीय सुरज महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइते भएका मोटरसाइकलको पछाडि बस्ने २६ वर्Èीय राजन चौधरीको कलेज अफ मेडिकल साइन्सेस शिÔण अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।

त्यस्तै, नवलपरासीको बन्जरियामा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । नवलपरासीको ज्यामिरे–बैरगनाथ भित्री सडकखण्डमा वैरगनाथबाट ज्यामिरेतर्फ आउँदै गरेको ना १ ज १२५८ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना हुँदा बन्जरियाकै ३० वर्षीया कमला विकको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ । दुर्घटनामा जीपमा सवार १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक सुभाषकुमार गैरेले बताए । जीपमा ७ जना महिला र ५ जना पुरूष थिए । घाइतेहरुको अवस्था सामान्य रहेको छ ।

वृद्ध मृत फेला नवलपरासीको चोरमारामा एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन् । उनको चिसोको कारण ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ । पहाडी मुलका अन्दाजी ६० वर्षीय वृद्धको सनाखत हुन सकेको छैन । चोरमारामा केही दिन यता माग्दै जीवनगुजारा गर्दै आएका थिए । मृतकको शव पोष्टमाटर्मका लागि चोरमारा स्वास्थ्य चौकीमा राखिएको छ ।

Comment