कुखुराको मासु खानेहरुलाई दुःखद खबर, डरलाग्दो अध्ययन प्रतिवेदन सार्वजनिक



काठमाडौं । कुखुराको मासु मानव स्वास्थ्यका लागि निकै हानिकारक रहेको एक अध्ययनले दाबी गरेको छ । अमेरिकी वैज्ञानिकहरुले गरेको अध्ययनमा कुखुराको मासु खाँदा मानव शरीरमा घातक एन्टिबायोटिक प्रतिरोधी बन्ने दाबी गरेका छन् ।

ब्रोइलर कुखुरालाई बिरामी हुनबाट बचाउन एन्टिबायोटिक खुवाउँदा कुखुरामै एन्टिबायोटिक प्रतिरोधी शक्ती उत्पन्न हुने र यस्ता कुखुराको मासु खाँदा मानिसको स्वास्थ्यमा गम्भीर असर गर्ने प्रकाशित अध्ययन प्रतिवेदनमा भनिएको छ ।

भारत, नेपाल लगायत मुलुकमा गरेका अध्ययनअनुसार एन्टिबायोटिक खुवाएर उत्पादन गरेका कुखुरा खाँदा ज्यान जानेसम्मको घातक रोग लाग्ने अध्ययनले दाबी गरेको छ ।

Comment