यथास्थितिमा वार्तामा नजाने एमाओवादी नेतृत्वको विपक्षी मोर्चाको निर्णय



ओएस नेपाल, काठमाण्डौं, माघ २६- एमाओवादी नेतृत्वमा रहेको १९ दलीय विपक्षी मोर्चाले हिजो प्रधानमन्त्रीले वार्ताको लागि गरेको आह्वान चित्तबुझ्दो नभएको भन्दै यथास्थितिमा वार्तामा नजाने निर्णय गरेको छ ।

Oppn Allianceसोमबार विहान सिंहदबारमा बसेको मोर्चाको बैठकले माघ ५ गते अघि बढाइएको संविधानसभाको प्रक्रिया सच्याउनुपर्ने र विगतका सहमति कार्यान्वयनमा प्रतिबद्धता जनाउनुपर्ने सरकारसँग माग गरेको छ ।

मोर्चाको बैठकले वार्तामा तत्काल सहभागी नहुने र पूर्वघोषित आन्दोलनका कार्यक्रम जारी राख्ने औपचारिक धारणा बनाएको बैठकमा सहमभागि एक नेताले ओएस नेपाललाई जानकारी दिए ।

प्रधानमन्त्रीले लिखितरुपमै अब बन्ने संविधान सहमतिमा बनाउने र बाह्र बुधे समझदारी र विस्तृत शान्तीसम्झौलाई कार्यन्वयन गर्ने प्रतिवद्धता जनाएमा वार्तामा बस्न तयार रहेको विपक्षी मोर्चाकाले बताएपछि हिजो प्रधानमन्त्री सुशील कोइरालाले वार्ताका लागि औपचारिक आह्वान गरेका थिए ।

तर, यसलाई एमाओवादी लगायत दलका नेताहरुले जनता झुक्याउने खेल मात्रै भएको प्रारम्भिक प्रतिक्रिया सार्बजनिक गरेका थिए ।

Comment