जिल्लाकै नमुना कार्यालय बन्दै नापी कार्यालय



napiओएस नेपाल ,तनहुँ २६ माघ   –  जिल्ला नापी कार्यालय तनहुँ जिल्लाकै विभिन्न सरकारी कार्यालय मध्येकै नमुना कार्यालय बन्न सफल भएको छ ।

उक्त कार्यालयमा सुविधा सम्पन्न भौतिक पूर्वाधार मात्र होइन प्रविधि र सेवाग्राहीमैत्री र अपाङ्गमैत्री भएकाले नापी कार्यालय तनहुँ जिल्लाकै नमुना कार्यालय बन्न सफल भएको हो ।
जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयहरुमध्ये उत्कृष्ट सेवाग्राहीमैत्री कार्यालयको रुपमा नापी कार्यालय रहेको सेवाग्राहीले बताएका छन् ।
करिब रु ७० लाख खर्चेर पुनःनिर्माण भएको कार्यालयमा १७ वटा सेवा दिने काउन्टर निर्माण गरिएको छ भने सबै काउन्टरमा कम्प्युटरको व्यवस्थाको साथै ह्विलचियर पुग्न सक्ने गरी अपाङगतामैत्री बनाइएको छ ।
सबै काउन्टकारका कम्प्युटरमा नेटवकिङ्ग गरिएकाले जिल्लाको जग्गाका सबै फिल्डबुक कप्युटरमा अध्यावधिक गरी नक्सा पिन्ट, फिल्डवुक उतार, बैँक ट्रेस नक्सालगायतका काम कम्प्युटर प्रणालीबाटै हुने गरेकोे कार्यालय प्रमुख दिपककुमार सापकोटाले बताए ।
आफू कार्यालयमा हाजिर हुदा कागजपत्रको सामान्य ब्यवस्थापन समेत नभएको विगतका समयलाई सम्झदै सापकोटाले भने, ‘‘कागजपत्रको व्यवस्थापन सारै कमजोर हुँदा खोजेको बखत भेटाउन ग्राहे पथ्र्यो तर अहिले धेरै सुधार भएकाले काम गर्न सहज भएको छ ।’’
कार्यालयमा सेवाग्राहीका लागि आरामदायी बस्ने कुर्सी र शुद्ध पिउने पानी, महिला÷पुरुष शौचालयको व्यवस्था गरिएको छ ।
प्रमुख सापकोटाले अब छिट्टै सिसी टिभी र इन्टोकन प्रणालीद्वारा काम गर्ने योजना रहेको जाकारी दिए ।  रासस

Comment