काँग्रेस नेता भट्टराईलाई मस्तिष्कघात, नर्भिकमा उपचार हुँदै



काठमाडौँ, ७ असारः नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि उहाँलाई नर्भिक अस्पताल थापाथली पुर्याइएको थियो ।

तत्काल शल्यक्रिया नगर्ने र सिटी स्क्यान्सर रिपोर्ट अध्ययन गरी उच्च निगरानीमा राख्ने उपचार चिकित्सक टोलीको सुझाव रहेको बताइन्छ । अस्पतालको सघन उपचार कक्षमा उहाँको उपचार भइरहेको छ ।

स्नायु विशेषज्ञ डा राजीव झासहितको टोलीले उहाँको उपचार उपचार गरिरहेको नर्भिक अस्पतालले जनाएको छ । (रासस)

Comment