घुस लिँदालिँदै थलामा नै पक्राउ परेकाविरुद्ध मुद्दा



ओएस नेपाल, काठमाडौँ, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ परेका राष्ट्रिय अनुसन्धान विभाग रुपन्देहीका सूचक विष्णुप्रसाद भुर्तेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार सूचक भुर्तेल बेलहियास्थित भन्सार नाकामा स्थानीय व्यापारीसँग रु छ हजार घुस लिँदै गरेको अवस्थामा थलामा नै केही दिन पहिले पक्राउ परेका थिए । भुर्तेललाई हदैसम्मको सजायको माग गर्दै विशेष अदालतमा आज मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

यस्तै सेवाग्राहीसँग घुस लिँदालिँदै थलामा नै पक्राउ गरेका रुपन्देहीका नापी सर्भेक्षक जाकिर राईनविरुद्ध पनि आजै अदालतमा मुद्दा दायर गरिएको छ । राईन बुटवल– ९ मा रहेको कित्ता नं ९८ र १०३ को जग्गा हाल साबिक गर्ने क्रममा सेवाग्राहीसँग रु १० हजार घुस लिँदालिँदै गरेको अवस्थामा पक्राउ परेका थिए । रासस

Comment