आजको राशिफल – वि.सं.२०७५ साल असार ०९ गते । शनिबार । ईश्वी सन् २०१८ जुन २३ तारिख । नेपाल सम्बत् ११३८ ।



ओएसनेपाल, क्यालिफोर्निया, अमेरिका – वि.सं.२०७५ साल असार ०९ गते । शनिबार । ईश्वी सन् २०१८ जुन २३ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । ज्येष्ठ शुक्ल पक्ष । तिथि दशमी ०२ घडी ४० पला,बिहान ०६ बजेर १५ मिनेट उप्रान्त एकादशी । नक्षत्र चित्रा ० घडी ४५ पला,बिहान ०५ बजेर २९ मिनेट उप्रान्त स्वाती । योग शिव ५५ घडि ५५ पला । करण गर,बिहान ०६ बजेर १५ मिनेट उप्रान्त वणिज,बेलुकी ६ बजेर ०२ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा काण योग । चन्द्रराशि तुला । काठमाडौंमा सूर्योदय ५ बजेर ११ मिनेट,सूर्यास्त बेलुकी ७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३६ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा नजिक हुने तथा बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु हुनेछन् । भौतिक सम्पति तथा बिलाशी बस्तु प्राप्तीको गतिलो योग रहेकोछ भने व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । लामो तथा छोटो दुुरिको रमाईलो यात्रा हुनेछ । बनभोज तथा शुभ मांगलिक कार्यक्रममा सहभाथि भई स्वादिष्ट भोजनका साथ दिन रमाईलो गरि बिताउन सकिनेछ । समयमा कामहरु बन्ने हुनाले मान सम्मानमा बृद्धि भएर जानेछ । – शुभ अंक — १,७ शुभ दिशा — दक्षिण, शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) व्यापार व्ययावसायमा लगानि बढाई आम्दानिका बाटाहरु फराकिला बनाउँन सकिनेछ । आफन्त,मित्र तथा मावलि पक्षबाट तपाईको बौद्धिकतालाई सम्मान गर्ने तथा नयाँ काम गर्न खोज्दा सहयोग हुनेछ । माया प्रेम तथा रोमान्सको क्षेत्र स्वत स्फुर्त बलियो बन्ने योग रहेकोछ । प्रतिष्पर्धिहरुलाई किनार लगाउँदै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँनेछन् । न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा फैसला हुँने तथा सत्रुलाई परास्त गर्न सकिनेछ । अध्यानमा प्रगति हुनेछ भने सफलताको सिडि चुम्न सकिनेछ । – शुभ अंक — २,३ शुभ दिशा — पश्चिम, शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ नीलसरस्वत्यै नमः

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भावना तथा मनका कुरा साटासाट गर्ने अवसर प्राप्त हुनेछ । आकस्मिक लाभ हुँने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् भने भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा राम्रो प्रगति हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा सहयोग हुनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ ।  – शुभ अंक — ३,९ शुभ दिशा — दक्षिण, शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ गृहलक्ष्म्यै नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ । सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । घर जग्गाको कारोबारबाट घाटा लाग्ने योग रहेकोछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा अलि बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । प्रेममा अबिश्वास हुन सक्छ ध्यान दिनुहोला । – शुभ अंक — १,५ शुभ दिशा — पश्चिम, शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पहिलेदेखि रोकिएर बसेका वा थाति रहेको कामहरु दाजुभाईको सहयोगमा सम्पादन गर्न सकिनेछ । छिमेकि तथा आफन्तको साथ पाईने हुँनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले चाहेजस्तो नतिजा हातलागि हुँने योग रहेकोछ । भाग्यले साथ लिने हुँनाले व्यापार व्यावसायमा थोरै लगानि गर्दापति मनग्गे नाँफा कमाउँन सकिने समय रहेकोछ माया प्रेम तथा प्रणय सम्बन्धमा बिश्वासको बाताबरण बढेर जानेछ भने पति पत्निबिच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सक्दा परिणाम मुखि कामहरु गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुँनाले सफलता हात लाग्नेछ । – शुभ अंक — ५,६ शुभ दिशा — उत्तर, शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) बोलेर गर्ने कुनै पनि पेशा तथा व्यावसायमा लगानि गर्दा मनग्गे आम्दानि हुनेछ । गित संगित तथा मिडिया जस्ता क्षेत्रबाट मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजाको आउने हुनाले मन प्रशन्न रहनेछ । साथिभाई तथा आफन्तका साथ रमाईलो जमघट हुने तथा स्वादिष्ट भोजनका साथ दिन बिताउन सकिनेछ । अग्रजहरुबाट सुनिने शुभ समाचारले मन उत्साहित बनाउनेछ । प्रणय सम्बन्धमा सुधार आउनुको साथै नया ठाउबाट प्रेम प्रस्ताब आउने प्रवल सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा समय खर्चिनेहरुले अलि बढि मेहनेत गरे जनताको मन जित्न सकिनेछ । – शुभ अंक — ३,६ शुभ दिशा — पश्चिम, शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शुं शुक्राय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनिति तथा समाजसेवामा दिएको समयबाट राम्रो उपलब्धि प्राप्त हुनेछ भने पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । व्यापार व्यावसाय राम्रो फस्टाएर जाने तथा आम्दानि प्रशस्त हुनेछ । आफन्त तथा घर परिवारका माानिसबाट सहयोग तथा समय अनुकुल सल्लाह पाईने हुँदा काम गर्न सहज हुनेछ । प्रणय सम्बन्धको बिकास हुनेछ भने साथिभाई सँगको सम्बन्धमा आत्मियता बढ्नेछ । पढाई लेखाईलाई समय अनुकुल अगाडि बढाई नतिजा हात प्रार्न सकिनेछ । बिभिन्न मानव निर्मित स्रोत साधनको उपयोग मार्फत आर्थिक स्थिति सुदृड बनाउँन सकिनेछ । – शुभ अंक — ३,८ शुभ दिशा — उत्तर, शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) तपाईले गरेको कामको फाईदा अरुले नै उठाउन खोज्नेछन् ध्यान दिनुहोला । परिस्थिति बस चिताएको काममा बाधा हुनेछ भने अरुका लागि समय खर्चनु पर्नेछ । समयमा काम नहुनाले आत्म सम्मानका ठेस लाग्न सक्छ । पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ । भिडभाडमा धन तथा भौतिक सम्पति हराउन सक्छ ख्याल गर्नुहोला । लामो दुरिको यात्रा गरि थोरै भएपनि उपलब्धि हासिल गर्न सकिनेछ । बिदेशि सामानको व्यापार फस्टाएर जानेछ भने बिदेसमा बसेर श्रम तथा पसिना बगाउने हरुले मनग्गे लाभ लिने ग्रहयोग रहेकोछ । – शुभ अंक — २,९ शुभ दिशा — पुर्व, शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सिद्धिविनायकाय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ । आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् भने सानो तिनो प्रयत्नले ठुलै काम सम्पादन हुनेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोगबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । कृषि,पशुपालन,तरल पदार्थ तथा खनिज पदार्थजन्य उद्योगमा लगानि गर्दा भनेजस्तो नाँफा कमाउँन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई उछिनेर अगाडि बढ्ने समय रहेको छ । सरकारि धन सम्पति तथा पैत्रिक धन हातलागि हुनेछ । आत्मिय मित्रहरु सँग भेटघाट हुँने तथा लामो समय सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुँनाले मन प्रशन्न रहनेछ ।  – शुभ अंक —३,९ शुभ दिशा — उत्तर, शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ कालभैरवाय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नयाँ काम आरम्भ गरि मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएरु जाने तथा आर्थिक स्थिति मजभुत भएर जानेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँदा मान सम्मानको साथ पद प्रात्तिको योग रहेकोछ । बिगतमा सुरु गरिएका कामबाट भनेजस्तो आम्दानि हुनेछ भने पैत्रिक धनको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । अध्ययनमा थोरै समय लगानि गर्दापनि भनेजस्तो नतिजा हात लगाउँन सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने पति पत्निबिच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्दा गन्तब्य पहिल्याउँन सहज हुनेछ । – शुभ अंक — १,२ शुभ दिशा — पुर्व, शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्रयत्न गर्दा बिभिन्न अवसरहरु प्राप्त हुनेछन् भने व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । बिवादित बिषयहरु ह्ल भएर जाने तथा पुराना समस्याअरु केहि भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ । समाजिक काम गर्ने वाताबरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने उपलब्धिमुलक शैक्षिक यात्राको तय गरि प्रगति पथमा लम्कन सकिनेछ । माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेकोछ ।  – शुभ अंक — २,५ शुभ दिशा — दक्षिण, शुभ रंग —सेतो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) संकट ब्याबस्थापनका लागि चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । साथिभाईहरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ । स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि भने सन्तोषजनक नै रहनेछ ।  – शुभ अंक — ३,६ शुभ दिशा — पुर्व, शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शं शनैश्चराय  नम

तपाईको दिन शुभ रहोस् । ज्योतिषी दुर्गा प्रसाद भण्डारी, नवयूग ज्योतिष परामर्श सेवा केन्द्र, चाबहिल, काठमाडौं, फोन न. ९८५११७८४५९, नोट : राशिफलमा जे जस्तो भए पनि व्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यवाद ।

Comment