मोबाइल महोत्सव



samsung duplicateओएस नेपाल , काठमाडौँ, २७ माघ   –  आगामी फागुन १ देखि ७ गतेसम्म राजधानीमा “सामसुङ् मोबाइल महोत्सव” हुने भएको छ ।

व्यावसायिक प्रतिष्ठान ताम्राकार कम्प्लेक्सले आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो ।

महोत्सवको अन्तिम दिन रु।८० हजार बराबरको स्मार्ट फोन ‘लक्की ड्र’मार्फत् प्रदान गरिने भएको छ ।

प्रत्येक दिन ‘लक्की ड्र’मार्फत् भाग्यशाली विजेताले रु।३० हजार बराबरको स्मार्ट फोन प्राप्त गर्नेछन् ।

कम्प्लेक्सले हरेक दिन ‘लक्की ड्र’मार्फत् मोबाइल खरीद गरेवापत ग्राहकलाई ५० प्रतिशत रकम फिर्ता गर्ने अफर ल्याएको छ ।

कम्प्लेक्सले बढीभन्दा बढी ग्राहकसँग सुमधुर सम्बन्ध स्थापित गर्दै आफ्नो व्यापारलाई बढाउने उद्देश्यका साथ यो महोत्सव आयोजना गर्न लागेको हो   ।  रासस

Comment