विवाह भएको ४० वर्षमा देवघाटका वृद्धवृद्धालाई फलफूल



devghart@40yrsओएस नेपाल, चितवन, २८ माघ । आफ्नो विवाहको ४० औ वर्षगाठ भरतपुरका एक दम्पतीले देवघाटका बृद्धाश्रमसंग मनाएका छन । आफ्नो विवाह भएको ४० वर्ष पुगेको अवसर पारि भरतपुर उपमहानगरपालिका ६ कटहर चोकका बलबहादुर गुरुङ तथा उनकी श्रीमती ईन्द्रकुमारी गुरुङले देवघाटमा चप्पल तथा फलफूल वितरण गरेका छन् । विवाह भएको चार दशक पूरा भएको उपलक्ष्य पारी गुरुङ दम्पतीले देवघाट समाज कल्याण केन्द्रमा रहेका ४१ जना बृद्धबृद्धाका लागि प्रत्येकलाई चप्पल तथा फलफूल वितरण गरेका हुन् । परिवारमा भन्दा पनि बेसाहारा बनेका बृद्धबृद्धालाई सानो भने पनि सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि भएको बलबहादुर गुरुङले बताए । चप्पल र फलफुल वितरणपछि आश्रमका बृद्धबृद्धाहरुले खुसी ब्यक्त गरेका थिए । त्यस्तै उनीहरुलाई गुरुङ दम्पतीले खाजा स्वरुप विस्कुट पनि वितरण गरेका छन् ।
सरकारले सञ्चालन गरेको देवघाटमा समाज कल्याण केन्द्रमा विभिनन ब्यक्ति तथा संघसंस्थाले कुनै अवसर पारेर बृद्धबृद्धालाई विभिन्न खाद्यान्न तथा लत्ताकपडा वितरण गर्ने गर्दै आएका छन् । परिवारविहीन भएका त्यहाका बृद्धबृद्धाका लागि कार्यक्रम गर्दा एकैछिन भए पनि आफ्नो पीडा भुल्ने गर्दछन् ।

Comment