आन्दोलन छाडेर सहमतिमा आउनुहोस् : एमाले नेता नेपाल



madhav-kumar-nepal1-600x250ओएस नेपाल , लुम्बिनी(रुपन्देही), २८ माघ । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत नेकपा (माओवादी) सहितका ३० दलीय मोर्चालाई आन्दोलनको बाटो त्यागेर वार्ता र संवादको बाटोमा आउन आग्रह गरे ।

एमाओवादीका कारण तोकिएको समयमा संविधान जारी गर्न नसकिएको बताउँदै नेता नेपालले सबैको साझा प्रयासमा संविधान जारी गर्न सकिए संविधान दिगो हुने बताउँदै सहमतीय बाटोबाट अगाडि बढ्नका लागि वार्तामा आउन आग्रह गरे ।

प्रेस चौतारी नेपाल रुपन्देहीले आज बिहान भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले भने, ‘‘सहमतिकै नाममा एक वर्षको समय खेर गयो । संविधान निर्माणमा नेपाली काँग्रेस र नेकपा एमाले सकारात्मक हुदाहुदै  पनि एमाओवादीसहितका दलहरूको मानसिकता उदार नहुँदा संविधान बन्न सकेन ।’’

संविधान निर्माणका लागि सहमतिको अधिकतम प्रयास गर्दागर्दै पनि एमाओवादी सहमतिमा नआएपछि संविधानसभा प्रक्रियामा अगाडि बढेको उनको विश्लेषण छ ।

“सहमतिका लागि सबै पक्षको उत्सुकता र आतुरता हुनुपर्ने हो,” उनले एमाओवादी र मधेसी दलतर्फ लक्षित गर्दै प्रश्न गरे– “सहमतिका लागि हामी तयार छाउनीहरु कहिलेसम्म आउछन्”

मुलुकको भौगोलिक विविधतालाई सम्पत्तिका रूपमा स्वीकार गर्दै जानुपर्नेमा जोड दिँदै उनले एकल जातीय पहिचानका आधारमा राज्यको विभाजन तथा नामाकरण हुन नसक्ने बताए ।
उनले नेकपा– माओवादीलाई पनि मूलधारको राजनीतिमा आउन आग्रह गरे । रासस

Comment