महेन्द्र उच्च मावि रतुवामाईमा समाजसेवी सुन्दर श्रेष्ठको सहयोग



उर्लाबारी – उर्लाबारी —९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले मोरङको रतुवामाई १० स्थित महेन्द्र माध्यमिक विद्यालयलाई वाल उद्यानका समाग्री सहयोग गरेका छन् । आईतवार विद्यालयमा एक कार्यक्रमका विच उहाँले २० हजार बराबरको पिङ र पिङमै जोडिएको चिप्लेटीको समाग्री सहयोग गरेका हुन ।उक्त समाग्री उनले विद्यालयका प्रधानाध्यापक चिरिन्जिवी निरौलाई हस्तान्तरण गरे ।

वाल कक्षामा अध्ययनरत विद्यार्थीहरु खेलसँगै पढाईमा र विद्यालय आउन आकर्षित हुन भनेर सहयोग गरेको श्रेष्ठले बताए ।विद्यालय परिवारले सक्ने केहि सहयोग गरिदिनु भनेपछि मनका धनि श्रेष्ठले वालकक्षालाई सहयोग गरेका हुन । श्रेष्ठले आगामि दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले सामुदायिक विद्यालयको पठन पाठनको स्तरोउन्नती गर्नुपर्ने समेत सुझाप दिए । विद्यालयका प्रधानाध्यापक निरौलाले सहयोगी दाता श्रेष्ठलाई सहयोग प्रति धन्यवाद ब्यक्त गर्दै विद्यालयलाई नमुना विद्यालय बनाउनका लागि श्रेष्ठको सहयोगको पनि महत्वपूर्ण भुमिका रहने बताए । कार्यक्रमको सन्चालन विद्यालयका शिक्षक महेन्द्र खुलालले गरेका थिए ।श्रेष्ठले समाजका विविध सकारात्मक पाटाहरुमा महत्वपूर्ण सहयोग गर्दै आएका छन् ।

Comment