नवलपरासीमा जिप दुर्घटना, एकको मृत्यु, एक घाइते



ओएस नेपाल, नवलपरासी, २८ माघ । नवलपरासीको प्रतापपुर ४ स्थित गण्डक नहरमा मंगलबारराति जिप खस्दा एक जना वेपत्ता भएका छन् । त्यस्तै दुर्घटनामा परी दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारीअनुसार प्रतापपुर गाविस ४ स्थित झोलुङ्गे पुलबाट महलवारीतर्फ जाँदै गरेको लु १ ज २४६९ नम्बरको जीप गण्डक नहरमा खस्दा जिपमा सवार दुईजनाको घाइते अवस्थामा उद्धार गरिएको छ ।
घाइते हुनेहरुमा रुपौलिया ४ का वर्ष १५ का किशोर खनाल र सोही ठाउँ निवासी वर्ष २० का विकाश न्यौपाने रहेका छन् । घाइते दुवैको रुपौलिया सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै जीप चालक रुपौलिया ५ बस्ने वर्ष ३४ का किसान न्यौपाने नहरमा बेपत्ता भएका छन् ।
वेपत्ता भएका चालक न्यौपानेको बेलाटारी प्रहरीको सक्रियतामा गण्डक नहरको पानी सुकाएर खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ । त्यस्तै नवलपरासीको कुडिया र रुपौलियाबीचमा रहेको मदारस्थानमा लागेको मदरबाबा मेला भर्न जाँदै गर्दा एक भारतीय तीर्थालुको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीषक जगतबन्धु पोखेरलले दिएको जानकारीअनुसार भारत, महाराजगन्ज कर्मैयाकी ३५ वर्षीया मैरुन नेसाको मृत्यु भएको हो ।
मृतक महिला दमको रोगी रहेको र मन्दिर जाँदै गर्दा एक्कासी दम बढेपछि बाटोमा नै मृत्यु भएको हो ।

Comment