टर्की राष्ट्रपतिमा एर्दोगानको दोस्रो कार्यकाल, मुहर्रेम पराजित



काठमाडौं । टर्की राष्ट्रपतिमा रजेप तैयप एर्दोगानले दोस्रो कार्यकालको जिम्मेवारी पाएका छन् । राष्ट्रपति पदका लागि भएको निर्वाचनमा एर्दोगान विजयी भएका भएका छन् ।
आफ्ना निकटतम प्रतिद्वन्द्वी मुहर्रेम इञ्जालाई पराजित गर्दै एर्दोगान दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।

एर्दोगान पहिलो चरणमै राष्ट्रपतिमा विजयी भएका छन् । टर्कीमा आधाभन्दा कम मत ल्याएको अवस्थामा पुनः अर्को चरणमा चुनाव हुने प्रावधान छ । तर एर्दोगान पहिलो चरणमै आधाभन्दा बढी मत ल्याएर विजयी भए ।

यद्यपि राष्ट्रपति निर्वाचजको नतिजा औपचारिक रुपमा घोषणा भइसकेको छैन । तर, टर्कीका प्रमुख निर्वाचन अधिकारी सादी गुभेनले एर्दोगानले सुविधाजनक मतका साथ विजयी हासिल गरेको बताएका छन् ।

टर्कीको सञ्चारमाध्यमहरुले जनाएअनुसार एर्दोगानले सदर ९९ प्रतिशत मतबाट ५३ प्रतिशत मत प्राप्त गरेर विजयी भएका छन् भने गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वीले मुहर्रेमले भने ३३ प्रतिशत मत पाए ।

Comment