सभामुख महराले ‘के गृहमन्त्रीलाई ट्राफिक जाम हुन्न ?’ भनेपछि संसदमा बबाल, बैठक स्थगित ! (भिडियो)



काठमाडौं । गृहमन्त्री रामवहादुर थापा वादल आजको संसद बैठकमा लज्जित हुनु पर्यो । उनको अनुपस्थितिले संसदमा केहीबेर हंगामा भयो र बैठक नै स्थगित गर्नु पर्यो ।

विनियोजित बजेटमाथिको छलफलमा आज गृहमन्त्रालयका विषयमा छलफल थियो, तर गृहमन्त्री संसदमा थिएनन् । त्यही वहानालाई कांग्रेस सांसदले एजेण्डा बनाएर संसद अवरूद्ध गरे ।

रोचक त के भने सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसदलाई सम्हाल्ने र बैठक सुचारू गर्ने कैयौं प्रयास गरे तर उनको दाल गलेन ।गृहमन्त्री ट्राफिक जाममा भएको भन्दै उनले थुमथुम्याउने कोशिस पनि गरे । ‘के गृहमन्त्रीलाई जाम हुँदैन र ?’ महराले गृहमन्त्रीको वचाउमा यित मात्रै के भनेका थिए सिटबाट उठेका कांग्रेस सांसद झनै आगो भए ।हेर्नुस् यो भिडियोः

Comment