नाइजेरियामा आक्रमणबाट ८६ जनाको मृत्यु



एजेन्सी । नाइजेरियाको प्लाटेउमा भएको आक्रमणमा करिब ८६ जनाको मृत्यु भएको छ ।
शंकास्पद बन्दुकधारीहरूले रातको समयमा गरेको आक्रमणबाट ८६ जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।

साथै ५० भन्दाबढी घरमा क्षति पुगेको हो । सो आक्रमणबाट रजात, रुकु, न्यार, कुरा र गाना रोप गाँउलगायतका ठाँउहरू बढी प्रभावित भएका छन् ।

बन्दुकधारीहरूको आक्रमणबाट ११ गाँउ प्रभावित भएका हुन् । सो आक्रमणको हालसम्म कसैले जिम्मेवारी नरहेको र पहिचान पनि नखुलेको बताइएको छ ।

Comment