मनाङ्गले हारेको झोकमा दर्शकले बसाए बोत्तल र ढुङ्गा



ओएस नेपाल, पोखरा, ३ फागुन । पोखरा रगंशालामा पोखरा रगंशालाको फुटबल मैदानमा एकाएक पानीका बोत्तल र ढुङ्गा प्रहार भए । सहारा क्लबको आयोजनामा संचालित १३ औ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलमा पपोखरेली दर्शकले फेरी उच्छृङखल प्रर्दशन गरे् ।

पोखरेली मैदानमा हाफनो राम्रो छाप बनाएको मनाङ पराजित भएपछि दर्शकले फुटबल मैदानमा पानीका बोत्तल र ढुङगा प्रहार गरे । खेलको ९० औ मिनेटमा थ्रि स्टारलाई लागी रेफ्री लव खत्रीले कर्नरको सुठ्ठि फुकेपछि दर्शकले मैदानमा एकाएक पानीका बोत्तल प्रहार गरे । दर्शकले पानीको बोत्तल प्रहार गरेपछि चार मिनेट खेल स्थगित गदै रेफ्रि खत्रीले सुरक्षाको माग गदै मैदान छाडे । दर्शकले लगातार चार मिनेट बोत्तल प्रहार गरेपछि प्रहरी परिचालन गरिएको थियो । त्यसपछि दर्शक आफनो बाटो लाग्न सुरु भयो अनि थप गरिएको ६ मिनेटको खेल सुचारु भएको थियो ।

खेलकुदको माध्यमाबाट सामाजीक सेवामा लागेको सहारा क्लबलाई स्वदेश तथा विदेशबाट सहयोग आउने क्रम जारी रहेको छ । शनिबार मात्रै सहारा क्लबलाई दश लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ । हङकङमा आयोजित सहारा साँझबाट संकलित रकमबाट बचत भएको उक्त रकम सहारा क्लबका अध्यक्ष विरभद्र आचार्यलाई प्रदान गरिएको हो । त्यस्तै पूर्व फुटबल गोपाल श्रेष्ठलाई एक लाख ८५ हजार सहयोग प्रदान गरिएको छ । एचआइभी संक्रमित गुरुङलाई सहारा युकेले उक्त रकम प्रदान गरेको हो । एचआइभी संक्रमित श्रेष्ठले सगरमाथा आरोहण गर्न लागेको भन्दै उक्त रकम सहयोग गरिएको हो ।

यसैवीच सहारा क्लबले सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली र नविन गुरुङलाई सम्मान गरेको छ । सहारा क्लबलाई यहाँसम्म ल्याउन गरेको योगदानको कदर गदै सम्मान गरेको हो। उहाँहरुलाई सभाषद रविन्द अधिकारीले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने पत्रकारद्धय दिननाथ बराल र विजय नेपाललाई पनि सम्मानपत्र र खादा लगाए सम्मान गरिएको थियो ।

Comment