अनौठो बालकको जन्म



Balakओएस नेपाल ,( अछाम) ३ फागुन   –  अछामको रानीवन गाविसमा एक अनौठो बालकको जन्म भएको छ । गएराति रानीवन उपस्वास्थ्य चौकीमा अनौठो रुपमा जन्म लिएका बालकको आन्द्रा, मुटु र फोक्सो शरीरको बाहिरी भागमा रहेको छ ।

रानीवन गाविसका स्थानीयवासी लालुराम जैसी र आमा परुदेवी जैसीको सन्तानका रुपमा ती बालकको जन्म भएको स्वास्थ्य चौकी रानीवनका अनमी रीता नेपालीले बताए।

बालकको तीनवटा ओँठ, दुई हातमा १२ औँला रहेको हात बाङ्गो अवस्थामा रहेको दुईवटा जिब्रो रहेको र नाक र मुख एउटै ठाउँमा रहेको अण्डकोष नभएको स्वास्थ्य चौकीका अनमी नेपालीले उल्लेख गरे ।

नियमित गर्भजाँच गराउँदै सबै खोप लगाउँदै गरेकी ती बालककी आमाले सुविधा नभएका कारण भिडियो एक्सरे नगरिएको बताएकी छन् । अनौठो जन्म लिएका बालक र सुत्केरी आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अनमी नेपालीले बताए । अहिले बालकलाई हेर्नेको घुइँचो लागेको छ । रासस को जन्म

Comment