स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्ने चार युवक पक्राउ



arrestedओएस नेपाल,गौशाला, ३ फागुन   –  महोत्तरी भटौलिया उपस्वास्थ्य चौकीमा कार्यरत महिला स्वास्थ्यकर्मी र महिला कार्यालय सहयोगीलाई कार्यालयमा पसी अश्लील गालीगलौज र दुव्र्यवहार गरेको आरोपमा प्रहरीले आज चार युवकलाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा जिल्लाको भटौलिया गाविस–९ बस्ने मो।सरिफुल, समीम अन्सारी, मो।इलाकत र मो।इसराइल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए।

चारैजना युवकले उपस्वास्थ्य चौकीमा गएर त्यहाँ काम गर्दै गरेकी अनमी ममता ठाकुर र स्वीपर फेकनी मल्लिकलाई अश्लील गालीगलौज र दुव्र्यवहार गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

स्वास्थ्यकर्मी र सहयोगीलाई गालीलगौज गरेको देखेर स्थानीय बुद्धिजीवीहरुले सुटुक्क फोन गरी प्रहरीलाई जानकारी दिएका थिए । सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिगएको विशेष प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी ल्याएको हो ।

पक्राउ परेका चारैजना युवकमाथि जिप्रका महोत्तरीले सार्वजनिक अपराध मुद्दा चलाएर अनुसन्धान गरिरहेको छ । रासस

Comment