नेविसङ्घको अधिवेशन पटक-पटक रोकिनु दुर्भाग्य:नेता कोइराला



Shekhar-Koiralaओएस नेपाल ,ललितपुर, ४ फागुन –   नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले नेपाल विद्यार्थी सङ्गठनको अधिवेशन पटक—पटक रोकिनु दुर्भाग्य भएको बताएका छन् ।

नेपाल विद्यार्थी सङ्घ पुल्चोक क्याम्पस इकाइको २६ औँ अधिवेशनको आज उद्घाटन गर्दै नेता कोइरालाले वर्तमान नेपाली राजनीतिप्रति इङ्गित गर्दै एनेकपा ९माओवादी० र मधेसवादी दलले देशलाई जातीय द्वन्द्वमा लान खोजेको आरोप लगाए ।

उनले जतिसक्दो चाँडो संविधान बनाएर देशलाई आर्थिक समृद्धितर्फ बढाउनुपर्नेमा जोड दिए ।
नेविसङ्घका पूर्व अध्यक्ष केशव सिंहले नेपाली काँग्रेसले आफ्नो भ्रातृ सङ्गठनलाई मिलाएर अगाडि बढ्नुपर्ने बताए । रासस

Comment