मृत्युपछि आफ्नो फेसवुक के होला भन्ने चिन्ता छ ? अब आफै मर्छ फेसबुक अकाउण्ट !



ओएस नेपाल, काठमाडौं, फाल्गुन ४ -हुनत सारा चीज छोडेर आफु नै मरेपछि जाबो फेसबुक अकाउण्टको हालत के होला भनेर कसले पो चिन्ता गर्ला र ?

तर, मानिस मरेपछि उसको फेसबुक अकाउण्टका विषयमा उसका साथीभाइ तथा घरपरिवारलाई भने चासो हुन्छ । कसैले मृतकको फेसबुक वालमा गलत कुरा पो राखिदिन्छन् की वा फेसबुकमा जिउँदो छँदा राखेका पोष्टहरुलाई गलत ढंगले अथ्र्याउँछन् की भन्ने चिन्ता हुन्छ ।

facebook-inc-news-feed - Copyतर, अब भने मानिस मरेसँगै फेसबुक अकाउण्ट पनि स्थायी रुपमा डिलिट हुने वा हट्ने भएको छ ।

प्रयोगकर्ताको उक्त चिन्तालाई सम्बोधन गर्दै समाजिक संजाल फेसबुकले नयाँ सेटिङ थप गरेको छ जसमा प्रयोगकर्ताले आफ्नो मृत्युपछि आफ्नो अकाउण्टलाई खारेज गर्ने वा अकाउण्टको स्वामित्व अरुलाई हस्तान्तरण गर्ने भन्ने विषयको छनोट गर्न सक्छन् ।

फेसबुकले थप गरेको लेगासी कन्ट्याक्ट फिचर तत्कालका लागि भने अमेरिकामा मात्र उपलब्ध छ । फेसबुकको संस्मरणात्मक पेज नीतिमा प्रतिक्रिया तथा सुझाव व्यक्त गर्ने धेरै प्रयोगकर्ताले मान्छेको मृत्युपछि फेसबुक अकाउण्टको अवस्थाका विषयमा दिएको सुझावका आधारमा फेसबुकले यस्तो फिचर थप गरेको हो ।

धेरै मानिसहरुले आफ्नो प्रिय व्यक्तिको मृत्युपछि उसको फेसबुक अकाउण्ट खोल्न सक्ने सुविधा आफुलाई दिन समेत माग गरेका थिए । नयाँ फिचर सार्वजनिक गर्दै फेसबुकले भनेको छ, ‘जब मानिसको मृत्यु हुन्छ तब उसको फेसबुक अकाउण्ट जिवन, मित्रता तथा अनुभवको संस्मरण बन्दछ ।’

यस फिचर अन्तरगत यदि मृत्युपछि आफ्नो पेज व्यवस्थापन गर्न कसैलाई अनुमति दिने अप्सन छनोट गरियो भने छनोट गरिएको व्यक्ति मृतकको फेसबुक वालको संस्मरणात्मक टाइमलाइनमा निधनका विषयमा सामाग्री पोष्ट गर्न सक्नेछ ।

नयाँ साथीहरुको रिक्वेस्टको जवाफ दिन सक्नुका साथै प्रोफाइल पिक्चर र कभर फोटो समेत अपडेट गर्न सक्नेछ ।साथै फेसबुक प्रयोगकर्ताले आफ्नो मृत्युपछि अरुलाई अपुताली पनि सुम्पन सक्ने छ ।- एजेन्सी

Comment