प्रक्रिया खारेज नहुँदासम्म वार्तामा बस्न सकिँदैन : नेता भट्टराई



Baburam_Bhattaraiओएस नेपाल, (प्यूठान) ६ फागुन –   एकीकृत नेकपा ९माओवादी० का वरिष्ठ नेता डा बाबुराम भट्टराईले संविधान निर्माणमा सुरु गरिएको प्रक्रिया नरोकेसम्म वार्तामा नबस्ने बताए ।“पूर्व–पश्चिम एकैपटक हिँड्न सकिँदैन”, नेता भट्टराईले भने– “वार्ता पनि गर्छौ भन्ने र प्रक्रिया पनि सुरु गर्ने गरी उनीहरु पूर्व लागे । हामी पश्चिमतर्फ लाग्यौँ” पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता भट्टराईले माघ ११ गतेको बहुमतीय दम्भ प्रक्रिया नरोक्दासम्म सहमति नहुने र आफूहरु वार्तामा नबस्नेसमेत बताए ।

परिवर्तनकारी संविधान निर्माणमा दबाब दिन भन्दै एमाओवादीले सुरु गरेको खबरदारी अभियानअन्तर्गत आज सदरमुकाम खलङ्गामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुरानै संविधान ल्याउन खोजेका कारण समस्या आएकोसमेत बताका छन् ।शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला नहुुनु र माधव नेपाल पनि शक्तिमा नहुँदा सहमति गर्न नसकिएको भट्टराईको भनाइ छ ।

नेता भट्टराईले बाह्रबुदे समझदारी, विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको भावनाअनुसार आन्दोलनकारी शक्तिबीच सहमति गरेर नयाँ संविधान जारी गर्नुको विकल्प नभएको समेत बताए ।“शान्ति सम्झौताका हस्ताक्षरकर्ता कांँग्रेस, एमाले र माओवादीबीचमा अनिवार्य सहमति हुनुपर्छ” उनले भने । “परिवर्तनकारी शक्तिसँग प्रक्रिया सुरु गरी बनाएको संविधान नेपाली जनतालाई मान्य हुँदैँन ।” संविधानसभाअन्तर्गत संवाद समितिका सभापति समेत रहनुभएका भट्टराईले भने– “संवाद समितिले विगत १० महिनादेखि निरन्तर सहमति र वार्तालाई नै प्रमुख विषय बनाएको छ ।”

प्रधानमन्त्री सुशील कोइरालाले वक्तव्य जारी गरी वार्तामा आउन आग्रह गर्नु सकारात्मक भए पनि प्रक्रिया जारी राख्नु परिवर्तनकारीको हित विपरीत हरेको उनले बताए ।संविधान निर्माणमा अल्पमत र बहुमतको विषय नहुने भन्दै नेता भट्टराईले संवाद सहमतिले राज्य पुनःसंरचना, न्याय प्रणाली र शासकीय स्वरुपमा हालसम्म कुनै पनि सहमति गर्न नसकेको समेत दाबी गरे ।

काँग्रेस, एमालेले सहमतिका लागि केही विषयमा त्याग गर्न तत्पर भए आफूहरु पनि लचिलो बन्न तयार रहेको उनले बताए। रासस

Comment